+
+

भारतमा एकैदिन थपिए ८१ हजारभन्दा बढी कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २० गते १२:३३

२० चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का ८१ हजार ४६६ नयाँ संक्रमित थपिएका छन् । अघिल्लो २४ घण्टामा भारतमा ७२ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा ४६९ संक्रमितको मृत्यु भएको छ ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ६ लाख १४ हजार नाघेको छ । भारतमा अहिलेसम्म कोरोना संक्रमितको समग्र संख्या पनि एक करोड १५ लाख नाघेको छ । त्यस्तै अहिलेसम्म एक लाख ६३ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।

महाराष्ट्रमा मात्र पछिल्लो २४ घण्टामा ४३ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । त्यस्तै कर्नाटक र छत्तीसगढमा पनि चार हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

कोरोना संक्रमण नियन्त्रणको लागि भारतका विभिन्‍न राज्यले सामाजिक गतिविधिमा प्रतिबन्धको निर्णय गरेका छन् । तर, संक्रमणमा भने कमी आएको छैन । विशेषज्ञहरुले भारतमा मानिसहरुले कोरोना संक्रमण नियन्त्रणको लागि आवश्यक मापदण्ड नमान्दा संक्रमण बढ्दो क्रममा रहेको बताएका छन् ।

बढ्दो संक्रमणलाई ध्यानमा राख्दै भारतले कोरोना खोप अभियानलाई पनि तीव्रता दिएको छ । भारतले बिहीबारदेखि ४५ वर्षभन्दा माथिका नागरिकलाई कोरोना खोप दिन थालेको छ । अहिलेसम्म भारतमा ६ करोड ८७ लाख मानिसले कोरोना खोप पाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?