Comments Add Comment

आर्मी र श्रीलंका पुलिसबीचको खेल हेर्न ५०० र ३०० को टिकट

२० चैत, काठमाडौं । चैत २५ गते त्रिभुवन आर्मी क्लब र श्रीलंकाको श्रीलंका पुलिस स्पोर्ट्स क्लबबीचको फुटबल खेल हेर्न टिकटको मूल्य ५ सय र ३ सय रुपैयाँ लाग्ने भएको छ ।

त्रिभुवन आर्मी क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी खेल हेर्न दशरथ रंगशालाको भीआईपी प्याराफिटतर्फ पाँच सय र साधारणतर्फ तीन सय रुपैयाँ टिकट मूल्य तोकिएको जानकारी दिएको छ ।

उक्त खेलका लागि आर्मी क्लब तयारीमा रहेको नेपाली सेनाको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रका प्रमुख ब्रजेश खनालले बताए । आर्मी टिमको प्रशिक्षकमा नवीन न्यौपाने रहेका छन् ।

खेलका लागि श्रीलंका पुलिस टिम चैत २२ गते नेपाल आइपुग्नेछ । उक्त टिममा घानाका तीन खेलाडीसमेत समावेश गरेको जानकारी आएको खनालले बताए ।

आर्मीले भने टिम घोषणा केही दिनमा गर्ने बताएको छ ।

यो खेललाई एएफसी कपको प्रारम्भिक चरण मानिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले यो खेललाई प्राविधिक रुपमा सहयोग  गर्नेछ । ‘आर्मीले खेले पनि देशको प्रतिनिधित्व भइराखेको छ । आयोजक सम्बन्धित क्लब नै हुन्छ, एन्फाको प्राविधिक सहयोग हुन्छ’ एन्फा प्रवक्ता किरण राई भने ।

नेपाली सेनाको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्र प्रमुख खनालले आर्मी क्लबले पहिलो पटक यस्तो खेल आयोजना गर्न लागेको भन्दै राम्रो टिम खेलाएर अर्को चरणमा पुग्ने लक्ष्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment