+
+
Shares

१२ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २० गते १५:०८

२० चैत, मोरङ। प्रहरीले मोरङको उर्लाबारी नगरपालिका– ७ की बालिकालाई करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

फेसबुकमार्फत चिनजान भएकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तेह्रथुमको मेन्छायम गाउँपालिका घर भइ मोरङको सुन्दरहरैचामा बस्दै आएका २५ वर्षीय गोबिन्द हिङमाङलाई पक्राउ गरेको हो।

हिङमाङमाथि सामाजिक सञ्जाल फेसबुकमार्फत नजिक भएको र होलीको दिन उर्लाबारीमा करणी गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईका अनुसार बलात्कार आरोपमा जाहेरी परेपछि हिङमाङलाई पक्राउ गरिएको छ।

फेसबुकमार्फत नजिकिएर करणी गरेको जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। हिङमाङ विरुद्ध ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए।

प्रहरीका अनुसार केही महिनायता फेसबुकमार्फत उनीहरु नजिकिएका थिए। सोमबार होलीको दिन उर्लाबारीमा भेट भएपछि युवकले ललाईफकाई करणी गरेको प्रहरीको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?