+
+
Shares

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा गणना टोलीमाथि ध्रुवे हात्तीको आक्रमण, चार जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २० गते १९:४८
फाइल तस्वीर

२० चैत, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा गणनाका लागि खटिएका गणकमाथि जंगली हात्तीले आक्रमण गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट गैंडा गणना गरेर फर्किने क्रममा नवलपुरको मध्यविन्दु नगरपालिका–२ गैंडाखालमा हात्तीले आक्रमण गर्दा चारजना घाइते भएको नवलपुरका एसपी प्रकाश मल्लले अनलाइनखबरलाई जानकारी दिए ।

उनले भने, ‘निकुञ्जमा गैंडा गणना गरेर फर्कने क्रममा जङ्गली हात्तीले आक्रमण गर्दा उनीहरु घाइते भएका रहेछन् ।’ घाइते मध्ये गैंडा गणनामा खटिएका ३५ वर्षका विनोद श्रेष्ठको अवस्था गम्भीर रहेका कारण थप उपचारका लागि काठमाडौं पठाइएको एसपी मल्लले बताए ।

घाइते मध्ये एकजनाको जिल्ला अस्पताल मध्यविन्दुमा उपचार भइरहेको र अन्य दुई जना भने सामान्य उपचारपछि डिस्चार्ज भइसकेको उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार गैंडा गणनामा खटिएको टोलीमाथि ध्रुवे हात्तीले आक्रमण गर्दा गणनामा खटिएका कर्मचारी घाइते भएको अनलाइनखबरलाई बताए ।

उनले भने, ‘गैंडा गणनाका लागि त्यस क्षेत्रमा ३० वटा हात्तीमा गैंडा गणना टोली खटिएको थियो । गैंडा गणना गरेर फर्कने क्रममा ध्रुवे नाम गरेको हात्तीले गणनामा प्रयोग भएका हात्तीमाथि आक्रमण गरेपछि हात्तीबाट खसेर गणनामा खटिएका कर्मचारीहरु घाइते भएका हुन् ।’

गैंडा गणनामा प्रयोग भएका हात्तीमाथि ध्रुवेले आक्रमण गरेपछि निकुञ्ज प्रशासनको तीन वटा हात्ती हराइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?