+
+
Shares

ताइवानमा रेल दुर्घटना हुँदा ५० जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २१ गते ९:२९
Photo Credit : REUTERS

२१ चैत, काठमाडौं । ताइवानमा रेल दुर्घटना हुँदा ५० जनाको मृत्यु भएको छ । दुर्घटनामा केही घाइते भएका छन् ।

सुरुङमार्गमा गुडिरहेको रेल लिकबाट बाहिरिएर दुर्घटना भएको बीबीसीले जनाएको छ । लिक छोडेपछि सो रेल एक लरीसँग ठोक्किएको थियो ।

राजधानी ताइपेइबाट ताइतुङ जाँदै गरेको सो रेलमा ५ सय जना यात्रु थिए ।

ताइवानका राष्ट्रपतिले यो दुर्घटना दशककै ठूलो भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?