Comments Add Comment

भारतमा एकैदिन थपिए ९३ हजारभन्दा बढी नयाँ संक्रमित

फाइल तस्वीर

२२ चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ९३ हजारभन्दा बढीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ९३ हजार २४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतमा साढे ६ महिनापछि एकैदिन यति धेरै संख्यामा नयाँ संक्रमित थपिएका हुन् । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि एक करोड २४ लाख नाघेको छ ।

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५१३ जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ६४ हजार ६२३ पुगेको छ ।

महाराष्ट्र प्रान्तमा मात्र पछिल्लो २४ घण्टामा ४९ हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ भने २७७ संक्रमितको मृत्यु भएको छ । छत्तीसगढमा पाँच हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् भने कर्नाटकमा पनि नयाँ संक्रमितको संख्या चार हजारभन्दा धेरै छ ।

त्यस्तै तामिलनाडु, दिल्ली र उत्तर प्रदेशलगायतका राज्यमा पनि पछिल्लो समय कोरोना संक्रमित बढिरहेका छन् ।

यो पनि पढ्नुहोस भारतमा कोरोनाको दोस्रो लहरको सकस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment