+
+

नीताको निर्देशनमा ‘श्रीमद्भागवत गीता’को घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २२ गते ११:२६

नायिका नीता ढुंगानाले निर्माण तथा निर्देशन गर्न लागेको वेव सिरिज ‘श्रीमद्भागवत गीता’को घोषणा गरिएको छ । वेव सिरिजको घोषणासँगै यसको सांगीतिक टिम पनि सार्वजनिक गरिएको छ । नीता फिल्मसकाे दोश्रो प्रस्तुतिको रुपमा निर्माण हुन लागेको यो वेव सिरिजमा शीतल गिरीको शब्द, पुष्पन प्रधानको संगीत तथा स्वर रहनेछ ।

कार्यक्रममा बोल्दै नायिका नीता ढुंगानाले नेपालमा पहिलो पटक भन्न लागेको ‘श्रीमद्भागवत गीता’को सिरिजमा महाभारतको कृष्ण र अर्जुनको पाटो मात्र समावेश हुने पत्रकार सम्मेलनमा बताइन् । गीतामा रहेक ७०० श्लोकबाट ४५ भागको सिरिज निर्माण हुनेछ ।

यसको कोरियोग्राफी रामजी लामिछानेले गर्नेछन् भने वनिष शाह यसका सम्पादक हुन् । कार्यक्रममा बोल्दै संगीतकार पुष्पन प्रधानले गीताको सार अनुसार संगीत तयार पार्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?