Comments Add Comment

लकडाउनपछि फिल्ममा व्यस्त मुकुन

कलाकार मुकुन भुषालको चलचित्रमा व्यस्तता लोभलाग्दो छ । धेरै नायकहरुले चलचित्रमा काम नपाइरहेको समयमा मुकुनले भने एकपछि अर्को चलचित्रमा काम गरिरहेका छन् । चलचित्र ‘बुलबुल’मा काम गरेपछि मुकुनको कामको सर्वत्र प्रशंसा भएको हो । यो चलचित्रमा उनले गरेको अभिनयलाई दर्शक र समिक्षकले रुचाए । यसपछि भने उनीमाथि लगातार लगानी भैरहेको छ ।

लकडाउनपछि उनको ‘के माया लाग्छ र’ बोलको गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भयो । यो गीतले पनि धमाका नै मच्चायो । तर, मुकुन भने चलचित्रमा नै बढी जमिरहेका छन् ।

मुकुनले चलचित्र ‘गणपति’को छायांकन सकाएका छन् । यो चलचित्रमा उनी नायिका मेनुका प्रधानसँग जोडी बनेर देखिदैछन् । मुकुनले बसन्त निरौलाको निर्देशनमा बनेको एक सिरिजमा पनि काम गरे । यो सिरिज कहिले सार्वजनिक हुन्छ पक्का छैन ।

उनै, मुकुनले चलचित्र ‘भाडाकुटी’ पनि साइन गरिसकेका छन् । चलचित्रको छायांकन भने सुरु हुन सकेको छैन । मुकुन अब निर्देशक रमेश वुढाथोकीको चलचित्र ‘सुदुर’मा काम गर्ने तयारीमा छन् । मुकुनको चलचित्रको पर्दामा हिरोइज्म भन्दा पनि अभिनयलाई दर्शकले रुचाएका छन् । यसैले, पनि उनको माग फरक कथाका चलचित्रमा बढेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment