Comments Add Comment

एक अर्काको प्रेममा सुपुष्पा र रौनक

नेपाली चलचित्र क्षेत्रमा ‘रणवीर’बाट नायिकाको रुपमा उदाएकी सुपुष्पा भट्ट चलचित्र ‘चपली हाइट ३’ रिलिजको प्रतिक्षामा छिन् । तर, लकडाउनका कारण चलचित्रको रिलिज मिति पोष्टपोन्ड भएको एक बर्ष भैसकेको छ । यो चलचित्र रिलिज नहुँदा सुपुष्पाको करिअर अगाडि बढ्न गाह्रो भैरहेको छ । तर, उनै सुपुष्पा यतिबेला भने एक निर्माताको प्रेममा रहेकी छिन् ।

नायिका सुपुष्पा भट्ट चलचित्र ‘कबड्डी’का निर्माता रौनक विक्रम कँडेलको प्रेममा रहेकी छिन् । यो बिषयमा अनलाइनखबरसँग कुरा गर्दै सुपुष्पाले भनिन्–‘हो, हामी एक अर्कालाई डेट गरिरहेका छौं ।’

सुपुष्पाले अहिले आफूहरुको इन्गेजमेन्ट र बिहेको कुरा भने नभएको बताएकी छिन् । उनले भनिन्–‘यसका लागि अझै धेरै सल्लाहा हुन बाँकी नै छ । हामी प्रेममा रहेको कुरा सत्य हो । तर, इन्गेजेमन्ट र बिहेको बिषयमा सल्लाहा गरिसकेका छैनौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment