Comments Add Comment

नेप्से अहिलेसम्मकै उच्च विन्दुमा, बढ्यो कारोबार रकम

२२ चैत, काठमाडौं । सेयर बजार नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । साताको पहिलो दिन आइतबार नेप्से २५.७१ अंकले वृद्धि भई २६५७.६१ विन्दुमा पुगेर रोकियो ।

आइतबार नेप्से परिसूचक वृद्धि हुँदा बैंक, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, जीवन बीमा, माइक्रोफाइनान्स र अन्य समूहका परिसूचक वृद्धि भयो । होटेल र पर्यटन, व्यापार, निर्माण तथा उत्पादन, म्यूचल फण्ड र लगानी समूहका लगानीकर्ताले भने आज गुमाएका छन् । यसअघि नेप्से परिसूचक ९ फागुनमा २६४०.३५ विन्दुसम्म पुगेर रोकिएको थियो । आज कारोबार रकममा समेत उल्लेख्य वृद्धि देखिएको छ । आज ९ अर्ब ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुल १ करोड ८१ लाख ७३ हजार ३ सय ७८ कित्ता कारोबार भएको छ ।

आइतबार कुल सात वटा कम्पनीको सर्किट विन्दुमा कारोबार भएको छ । वामी माइक्रोफाइनान्स वित्तीय संस्था, जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, राधी विद्युत कम्पनी, आईएमई जनरल इन्स्योरेन्स, एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, सानिमा जनरल इन्स्योरेन्स र सान्जेन जलविद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाए ।

साल्ट ट्रेडिङ कोअपरेशन, सर्पोट माइक्रोफाइनान्स, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट र विकास कम्पनी, स्वाभिमान लघुवित्त वित्तीय संस्था र अजोड इन्स्योरेन्सका लगानीकर्ताले भने बढी गुमाएका छन् । बढी कारोबार हुने संस्थामा आज नेपाल इन्फ्रास्टक्चर बैंक, माथिल्लो तामाकोशी, नेपाल रिइन्स्योरेन्स कम्पनी, नविल बैंक र प्रुडेन्सियल इन्स्योरेन्स रहन सफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment