Comments Add Comment

निर्देशक समाजको साधारण सभामा निर्देशक लामा सम्मानित

चलचित्र निर्देशक समाजको साधारण सभामा ९२ बर्षीय निर्देशक तथा निर्माता हेमबहादुर लामालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । चलचित्र विकास बोर्डको हलमा आयोजित कार्यक्रममा लामासहित अन्य केही निर्देशकलाई पनि सम्मान गरिएको थियो । लामाले चलचित्र ‘आदर्श नारी’को निर्माण तथा निर्देशन गरेका थिए ।

कार्यक्रममा निर्देशक यूवराज लामा, रमेश वुढाथोकी, प्रकाश सायमी, नारायण पुरीलाई सम्मान गरिएको थियो । शहरी विकास राज्यमन्त्री रामविर मानन्धरले उनीहरुलाई सम्मान पत्र प्रदान गरेका थिए । यस्तै, यूवा चलचित्र निर्देशक सम्मान निर्देशक ऋषि लामिछाने र लोकप्रिय निर्देशक सम्मान दीपाश्री निरौलालाई प्रदान गरियो ।

साधारण सभामा निर्देशक समाजले अक्षय कोषको समेत घोषणा गरेको छ । कार्यक्रममा अतिथीको रुपमा उपस्थिती निर्देशक नीर शाहले चलचित्रकर्मीहरु अझै पनि व्यसायिक बन्न नपाएको बताउ । निर्देशक समाजले सदस्यहरुले सदस्यता लिने वित्तिकै दुर्घटना विमा हुने घोषणा समेत गरेको छ ।

कार्यक्रममा संस्थाको विभिन्न गतिविधी समेटर निर्माण गरिएको भिडियो समेत प्रदर्शन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment