+
+

दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, तीनजना घाइते

रासस रासस
२०७७ चैत २३ गते १३:३१

२३ चैत, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१० का १७ वर्षीय सगुन रुम्बा छन् ।

उनको उपचारका क्रममा सोमबार चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा तीनजना घाइते भएको र उनीहरुको हेटौंडामा उपचार भइरहेको  प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

गएराति हेटौंडाको बुद्धचोकबाट कर्रातर्फ जाँदै गरेको ना ४९ प ६२२३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ४१ प ६४३६ नम्बरको  मोटरसाइकल भुटनदेवी मोडमा एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरु हेटौंडाका विज्ञान रुम्बा, विजय लामा र विक्रम लामा रहेको प्रहरीले जनाएको छ । उपचारपछि रुम्बालाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?