
लकडाउनपछि सार्वजनिक भएको ‘फुलबुट्टे सारी’ सुपरहिट भयो । यो गीत विभिन्न भर्सनमा सार्वजनिक भैसकेको छ । यो गीतलाई ‘मेल, फिमेल, चाइल्ड, लिजेन्डरी’ भर्सनमा सार्वजनिक गरिसकिएको छ । यही गीतलाई युगान्डाकी गायिका वियोन्सले गाइन् । वियोन्सको स्वरलाई पनि दर्शकले अत्याधिक मन पराए । अब, यो गीतलाई एक पंजाबी गायकले पनि गाएका छन् ।
‘फुलबुट्टे सारी’लाई पंजाबी गायक लकी सिद्धुले गाएका छन् । यो गीतलाई संसार ब्लग प्रोडक्शनको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
संसार ब्लगले विदेशी र नेपाली संकृतीलाई समावेश गरी प्रचार गर्न चाहेको बताएको छ । नेपाली नै राम्रोसँग बोल्न नजान्ने लकीले यो गीतलाई आकर्षक तरिकाले गाएका छन् । यो गीत भारत र लण्डनमा पनि चर्चामा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4