Comments Add Comment

दुःखी आत्माप्रति खेद मात्र प्रकट गर्न सक्छु : गोकुल बास्कोटा

२३ चैत, काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले केही गरेन भनेर जनतामा निराशा नछर्न आग्रह गरेका छन् ।

सोमबार व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै एमाले सांसद बास्कोटाले केपी ओली नेतृत्वको सरकार बन्नु अघिसम्म नेपालको राजनीतिमा विकास निर्माण, जनताको सेवा र राष्ट्रियता प्राथमिकतामा नपरेको दाबी गरे ।

अहिले सरकारले बहुआयामिक विकासको एजेण्डा अघि सारेको र सुखी देश बनाउन ध्यान दिएको उनले बताए ।

१६५ वटै निर्वाचन क्षेत्रमा सडक बनाउने योजनाको पनि विरोध भएको भन्दै भन्दै सांसद बास्कोटाले भने, के भनेर भोट मागेका थियौं ? आफ्नो क्षेत्रमा के कुरा गरेका थियौं ? यसमा पनि निराशा छ भने दुःखी आत्माप्रति खेद मात्र प्रकट गर्न सक्छु ।’

केहीले विध्वंसमा पनि विकास देख्ने गरेको भन्दै उनले विकासको एजेण्डा बोल्नेहरुले पनि उनीहरुसँग बोली मिलाएको आरोप लगाए । सांसद बास्कोटाले भने, ‘धरहरा बनेन ? अब यो केही पनि हेर्न देख्न सकिन्न भने मेरो एउटा सुझाव छ, कानमा रुवा राख्ने, आँखामा साउने चश्मा लगाउने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment