Comments Add Comment

भ्रष्टाचारमा मुछिएपछि महाराष्ट्रका गृहमन्त्रीले दिए राजीनामा

२३ चैत, काठमाडौं । भारतको महाराष्ट्र राज्यका गृहमन्त्री अनिल देशमुखले राजीनामा दिएका छन् । सोमबार मुख्यमन्त्री उद्धव ठाकरेलाई देशमुखले राजीनामा बुझाएका हुन् । केही समयअघि मात्र भ्रष्टाचारको मामिलामा मुछिएका देशमुखमाथि अनुसन्धान गर्न मुम्बई उच्च अदालतले सीबीआईलाई आदेश दिएको थियो ।

पूर्वप्रहरी कमिश्नर परमवीर सिंहले मुख्यमन्त्रीलाई पत्र लेख्दै गृहमन्त्रीले प्रहरी अधिकारीलाई मासिक एक सय करोड उठाउने लक्ष्य दिएको आरोप लगाएका थिए । सोमबार मुम्बईको उच्च अदालतले सोही विषयमा अनुसन्धानको लागि सीबीआईलाई आदेश दिएको हो । अदालतले यस विषयमा १५ दिनभित्र अनुसन्धानको प्रतिवेदन बुझाउन पनि निर्देशन दिएको छ ।

अन्य प्रहरी अधिकारीले पनि मुख्यमन्त्रीलाई पत्र लेख्दै गृहमन्त्रीमाथि असन्तुष्टि जनाएका थिए । देशमुख लामो समयदेखि महाराष्ट्रको मन्त्री रहँदै आएका थिए । यसपटक भ्रष्टाचार मामिलामा मुछिएपछि भने उनको राजनीतिक जीवनमा धक्का पुगेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment