Comments Add Comment

कुमारी बैंकको २०औं वार्षिकोत्सवमा विविध कार्यक्रम

२३ चैत, काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा देशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरेको छ ।  देशका विभिन्न भागमा रहेका शाखाहरुले सामाजिक कार्यक्रमहरु आयोजना गरी आफ्नो लामो बैंकिङ इतिहासलाई भव्यताका रूपमा मनाएको बैंकले जनाएको छ ।

वार्षिकोत्सवको अवसरमा प्रदेश– १ रहेका १६ वटै शाखाहरुबाट मन्दिर तथा स्थानीय परिसर सरसफाइ तथा हरियाली संरक्षण कार्यक्रमहरु सम्पन्न गरेको बैंकले जनाएको छ ।

बैंकको पथरी शाखाले शनिश्चरेस्थित सेल्फी रोडमा डस्टविन वितरण गरेको छ भने उर्लाबारी मङ्गलबारेस्थित श्री ॐ महायोगी गुरु शिव गोरक्षनाथ सिद्ध गोरक्ष योगपीठ सिद्दाश्रम नेपाल मन्दिर परिसरमा वृक्षारोपण गर्नुका साथै डस्बिन वितरण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वातावरण प्रतिको जिम्मेवारी बहन गर्नु नै समाजमा प्रभावकारी परिवर्तनको प्रधान वाहक रहेको कुरालाई आत्मसाथ गर्दै उक्त कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment