+
+
Shares

संघीय निजामती सेवा विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेश

रासस रासस
२०७७ चैत २३ गते १९:३८

२३ चैत, काठमाडौं । संघीय निजामती सेवा विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ । सोमबारको बैठकमा समितिकी सभापति शशी श्रेष्ठले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७’ पेश गरेकी हुन् ।

प्रतिनिधिसभामा सोमबार नै ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन’ पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सदन समक्ष प्रतिवेदन पेश गरेका हुन् । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले आफ्नो समितिको बार्षिक प्रतिवेदन २०७७ पनि सदन समक्ष पेश गरे ।

सोमबारको बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले समानुपातिक निर्वाचन प्रणालीबाट दलित समावेशी सूचीअन्तर्गत प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित जानकीदेवी रामलाई सदनमा स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे ।

निर्वाचन आयोगले सानु सिवाको निधनपछि रिक्त पदमा जानकीदेवी निर्वाचित भएको संसद् सचिवालयलाई यही चैत १९ गते जानकारी पठाएको थियो । प्रतिनिधिसभाको अर्को बैठक चैत २६ गते दिनको १ बजे बस्ने छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?