Comments Add Comment

‘बाबरी क्याफे’का लागि नेपाल आइन् अदिती, के फेरि कोरोना वाधक बन्ला ?

गतबर्ष लकडाउन हुनु भन्दा अगाडि नायिका अदिती वुढाथोकी आफ्नै होम प्रोडक्शनको चलचित्र ‘बाबरी क्याफे’को छायांकन सुरु गर्ने तयारीमा थिइन् । तर, कोरोनाका कारण सरकारले लामो समय लकडाउन गरेपछि चलचित्रको काम सुरु हुन पाएन ।

करिब ८ महिना नेपाल बसेपछि अदिती मुम्बई फर्किइन् । पहिलो चलचित्र ‘कृ’पछि दर्शकमाझ आउनका लागि आतुर देखिएकी सुन्दरीले काम सुरु गर्न नपाउँदा निराशा व्यक्त गरिन् ।

उनै, नायिका फेरि चलचित्रको छायांकनका लागि नेपाल आएकी छिन् । मुम्बइबाट नेपाल आएर अदिती यतिबेला वर्कशपमा व्यस्त छिन् । सुरेन्द्र पौडेलको निर्देशनमा तयार हुन लागेको यो लभ स्टोरी चलचित्रको छायांकन वैशाखको २ गतेबाट सुरु गर्ने योजनामा यसको निर्माणपक्ष छ ।

चलचित्रमा अदितीको साथमा नायक धिरज मगर र नायिका तृप्ती नाडकरका छोरा धिरज टोटलानीको मुख्य भूमिका रहनेछ ।तर, भारतसँगै नेपालमा पनि कोरोना केस बढ्दै जाँदा छायांकन के हुन्छ भन्ने प्रश्न भने उब्जेको छ । तर, चलचित्रको निर्माणपक्षले वैशाखको २ गतेबाट छायांकन सुरु गर्ने सेड्यूल तय गरिसकेको छ । यसका लागि वैशाखको ३१ गते यसको टिम पूर्व पुग्नेछ । वुधबारे, लेटाङमा यो चलचित्रको छायांकन हुनेछ । यसपछि, चलचित्रको छायांकनका लागि निर्माण टिम सिक्किम पुग्नेछ ।

नायिका अदिती वुढाथोकी इन्स्टाग्राममा सर्वाधिक चर्चित मानिन्छिन् । उनका १३ लाख बढी फलोअर्स छन् । उनै, अदिती चलचित्रका लागि मिहिनेत गरिरहेकी छिन् । तर, काम सुरु गर्न नपाउँदा उनलाई हैरानी पनि ब्यहोर्नु परिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment