Comments Add Comment

वाग्मती प्रदेशभर माधव नेपाल समूहको छुट्टै संरचना

२४ चैत, काठमाडौं । नेकपा एमालेमा नेता माधवकुमार नेपाल समूहले वाग्मती प्रदेशमा छुट्टै संरचना बनाएको छ ।

आइतबार अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय समिति गठन गरेको यो समूहले जिल्लाहरुमा इन्चार्ज र जिल्ला कमिटीमा पदाधिकारीहरु पनि चयन गरेको हो ।

काठमाडौंमा इन्चार्ज सावित्रा भुसाल, सहइन्चार्ज सुरेन्द्र मानन्धर, अध्यक्ष बसन्त मानन्धर, उपाध्यक्ष शोभा सापकोटा, सचिव कुसुम कार्की र उपसचिव एमपी श्रेष्ठ तोकिएका छन् ।

त्यस्तै काठमाडौं महानगर इन्चार्ज जीवनराम श्रेष्ठ तोकिएका छन् ।

ललितपुरमा अध्यक्ष हरिकृष्ण थापा, उपाध्यक्ष कृष्णमान लामा, सचिव प्रेम महर्जन, उपसचिव तारा सञ्जेल र महानगरपालिका अध्यक्षमा श्रीगोपाल महर्जन रहेका छन् ।

चितवनमा इन्चार्ज कृष्ण खनाल र अध्यक्षमा तेजेन्द्र खड्का तोकिएका छन् ।

मकवानपुरमा इन्चार्ज विरोध खतिवडा, अध्यक्ष मुनु सिग्देल, उपाध्यक्ष बद्री लम्साल, सचिव विष्णु ढकाल र उपसचिवको जिम्मा मिना लामालाई दिइएको छ ।

भक्तपुरमा इन्चार्ज सोमप्रसाद मिश्र, अध्यक्ष रजन केसी र सचिवमा अनिल श्रेष्ठ रहेका छन् ।

रामेछापमा इन्चार्ज देवशंकर पौडेल, अध्यक्ष शान्ति पौडेल र सचिवमा ज्ञानकुमार श्रेष्ठ रहेका छन् ।

सिन्धुपाल्चोक इन्चार्जमा अरुण नेपाल, अध्यक्षमा झंक नेपाल, उपाध्यक्षमा इन्द्रमाया गुरुङ, सचिवमा कमल नेपाल र उपसचिवमा सूर्य लामा रहेका छन् ।

सिन्धुलीमा इन्चार्ज कमलजंग राई, अध्यक्षमा सूर्य पाख्रिन, उपाध्यक्षमा चित्रबहादुर लुमेली र सचिवमा तारानिधि पोखरेल रहेका छन् ।

रसुवामा इन्चार्ज माधव अर्याल, अध्यक्षमा पेम्बा तामाङ र सचिवमा शिव लामिछाने रहेका छन् ।

धादिङमा अध्यक्ष शिवराज कँडेल, उपाध्यक्षमा इन्दिरा ढुंगाना, सचिव सुवास खतिवडा र उपसचिवमा शम्भु थापा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment