Comments Add Comment

भारतमा एकैदिन थपिए कोरोनाका एक लाख १५ हजार नयाँ संक्रमित

२५ चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९)का एक लाख १५ हजार ७३६ नयाँ संक्रमित थपिएका छन् ।

एकैदिन भेटिएका नयाँ संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ६३० संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा समग्र कोरोना संक्रमितको संख्या एक करोड २८ लाख नाघेको छ । अहिलेसम्म एक लाख ६६ हजार १७७ संक्रमितको मृत्यु पनि भइसकेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा भेटिएकामध्ये सबैभन्दा बढी नयाँ संक्रमित महाराष्ट्रमा भेटिएका छन् ।  महाराष्ट्रमा ५५ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् भने २९७ संक्रमितको मृत्यु भएको छ । त्यस्तै कर्नाटक, दिल्ली, उत्तर प्रदेशलगायतका राज्‍यमा पनि कोरोनाको नयाँ संक्रमित बढ्दो छ।

कोरोना संक्रमण बढेसँगै महाराष्ट्र, दिल्ली तथा अन्य केही राज्यमा सामाजिक गतिविधिमा कडाइ गरिएको छ । अहिलेसम्म भारतमा आठ करोड ७० लाखभन्दा बढी मानिसले कोरोना खोप लिइसकेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment