
अध्यक्षका उम्मेदवार लक्ष्मी आचार्य र दुर्गालाल केसी ।
२६ चैत, घोराही । लुम्बिनी प्रदेशको राजधानी दाङमा नेपाल पत्रकार महासंघको निर्वाचनको मतगणना सुरु भएको छ ।
महासंघको जिल्ला शाखा कार्यालयको हलमा बिहान नौ बजेबाट गणना सुरु भएको हो । निर्वाचन समितिका सदस्य केएल पीडितका अनुसार जिल्लाबाट मतगणना थालिएको छ ।
दाङ, केन्द्रीय अध्यक्षका उम्मेदवार विपुल पोखरेलको गृह जिल्ला हो । यहाँ अध्यक्ष पदमा लक्ष्मी आचार्य र दुर्गालाल केसी उम्मेदवार छन् । आचार्यलाई प्रेस युनियन, प्रेस संगठन र विप्लव समूहको साथ छ । प्रेस चौतारी (ओली समूह)का केसीलाई राप्रपाले साथ दिएको छ ।
बुधबार भएको निर्वाचनमा दाङमा २७७ मतदातामध्ये २६३ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4