Comments Add Comment

संसद बैठक : चार मन्त्रीको सांसद पद खोसिने

२६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्रीको सांसद पद खोसिने भएको छ ।

प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको घोषणा गर्ने संसद सचिवालयको तयारी छ ।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली-४ का लेखराज भट्ट, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका दिए ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् । चारैजना सांसद मन्त्री छन् ।

संविधानविद् टीकाराम भट्टराईका अनुसार प्रतिनिधिसभा सदस्य नहुनेवित्तिकै मन्त्री पद रिक्त हुन्छ । ‘उहाँहरुलाई पदमा कायमै राख्ने हो भने पुन: नियुक्ति गर्नुपर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment