Comments Add Comment

नाजिरको स्टाइल

नेपाली चलचित्र क्षेत्रमा नायक नाजिर हुसेनको छुट्टै छाप छ । नाजिरको अभिनयले दर्शकको मन पनि छोएको छ । तर, पनि नाजिरका चलचित्रले व्यवसायिक रुपमा सफलता पाउन सकेका छैनन् । नाजिर लामो समयदेखि हिट चलचित्रको खोजीमा छन् ।

लकडाउनपछि भने नाजिरको व्यस्तता म्यूजिक भिडियोमा पनि उस्तै बढेको छ । उनले अभिनय गरेका केही गीतले दर्शकको मन जिते । नाजिरको अभिनय र उनको नृत्यलाई पनि दर्शकले रुचाए । म्यूजिक भिडियोमा सर्वाधिक रुचाइएका मोडलमा पर्छन् नाजिर ।

पहिरनको रोजाइको हकमा पनि नाजिरलाई धेरैले रुचाउछन् । उनको पहिरनप्रतिको चासो लोभलाग्दो छ । निर्देशक दिवाकर भट्टराइले निर्देशन गर्न लागेको एक लभ स्टोरी चलचित्रमा काम गर्न लागेका नाजिर एक कलाकार भैसकेपछि हरेक कुरामा सजग हुनुपर्ने बताउँछन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment