
२६ चैत, काठमाडौं । न्युजिल्याण्डले भारतबाट आउने व्यक्तिलाई मुलुक प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएको छ । उक्त प्रतिबन्ध भारतमा रहेका न्युजिल्याण्डका नागरिकको हकमा पनि लागू हुनेछ । भारतमा कोरोना संक्रमण अहिलेसम्मकै उच्च विन्दुमा पुगेसँगै न्युजिल्याण्डले दुई साताका लागि प्रतिबन्धको निर्णय गरेको हो ।
बिहीबार न्युजिल्याण्डमा २३ नयाँ संक्रमित भेटिएका थिए, जसमध्ये १७ जना भारतबाट आएका व्यक्ति थिए । यससँगै न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले भारतबाट आउने व्यक्तिलाई मुलुक प्रवेशमा अस्थायी रोक लगाउने घोषणा गरेकी हुन् ।
यो निर्णय अप्रिल ११ बाट कार्यान्वयनमा आउनेछ र अप्रिल २८ सम्म जारी रहनेछ भने उक्त अवधिमा सरकारले जोखिम नियन्त्रणका अन्य उपायको खोजी गर्नेछ । पहिलोपटक न्युजिल्याण्डले आफ्नै नागरिकहरुलाई पनि मुलुक प्रवेशमा रोक लगाएको हो ।
न्युजिल्याण्ड लकडाउनलाई कडाइको साथमा पालना गराउने र कोरोनालाई नियन्त्रणमा राख्न सफल भएको मुलुक हो ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4