Comments Add Comment

भक्तपुर नगरमा स्वास्थ्य सामग्री वितरण

२७ चैत, काठमाडौं । भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा नजिकिइरहेको बेला भक्तपुर नगरपालिकाले स्थानीयको घरमै पुगेर स्वास्थ्य सामग्री वितरण गरेको छ ।

नगरपालिकाले स्वयंसेविका परिचालन गरी स्यानिटाइजर, साबुन र मास्क वितरण गरेको हो ।

नगरवासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आवश्यक स्वास्थ्य सामग्रीहरु वितरण गरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए ।

बिस्केट जात्रामा भिडभाड हुने र त्यसबाट कोरोना संक्रमण फैलिने भन्दै जिल्लास्तरीय कोभिड व्यवस्थापन सन्चालन केन्द्र (डिसीसीएमसी)ले जात्रामा रोक लगाउने निर्णय गरे पनि सर्वोच्च अदालतले त्यसलाई खारेज गरिदिएको थियो ।

आठ दिन नौ रातसम्म मनाइने बिस्केट जात्रा यस वर्ष चैत २८ गतेबाट सुरु हुँदै छ । गत वर्ष कोरोना संक्रमणको जोखिमका कारण बिस्केट जात्रा मनाइएको थिएन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment