Comments Add Comment

भारतमा एकैदिन १ लाख ३१ हजार जनामा कोरोना पुष्टि

खोप लगाइसकेका ३७ डाक्टर पनि संक्रमित

२७ चैत, काठमाडौं । भारतमा एकैदिन १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टाको अवधिमा नयाँ संक्रमितको यो संख्या कोरोना महामारी शुरु भएदेखिकै सबैभन्दा धेरै रहेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।

यसैगरी भारतमा गत २४ घण्टाको अवधिमा ७ सय ८० जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमित व्यक्ति फेला पर्ने दर ९.२१ प्रतिशत पुगेको छ अर्थात् हरेक १ सय जनामा ९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच भारतको राजधानी नयाँदिल्लीको सर गंगाराम अस्पतालका ३७ डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ । यी डाक्टरहरुले कोरोनाविरूद्धको खोप लगाइसकेका थिए ।

संक्रमित डाक्टरहरुमध्ये ३२ जना होम क्वारेन्टिनमा रहेको र ५ जना अस्पताल भर्ना भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment