Comments Add Comment

बिस्का जात्राका फोटो अनलाइन प्रदर्शनी हुने

फाइल तस्वीर

२७ चैत, काठमाडौं । नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गरिरहेको ‘ह्यास फोटो नेपाल’ प्रदर्शनी अन्तर्गत भक्तपुर जिल्लामा मनाइँदै आएको बिस्का जात्राको आकर्षण समावेश गरिएका फोटो प्रदर्शनीमा राखिने भएको छ ।

प्रदर्शनी जात्रा मनाइने मिति मिल्ने गरी भोलि (शनिबार) देखि २०७८ वैशाख ५ सम्म प्रदर्शनी हुने बोर्डले जनाएको छ । यसपालिको प्रदर्शनी बोर्डको फोटो अभियानको आधिकारिक पोर्टल फोटोनेपालडटट्राभलमा अनलाइन माध्यमबाट गरिने भएको छ ।

भक्तपुर पर्यटन विकास समिति, गो लोकलको सहकार्यमा प्रदर्शनी र जात्राको अनलाइन पहुँच बढाउन समेत यी संस्थाहरुको पहलमा विविध कार्यक्रम आयोजना गरिएका छन् । भक्तपुर जिल्लाकै फोटोग्राफर चन्द्र चक्रधरले खिचेका ३० वटा फोटो प्रदर्शनीमा राखिने बोर्डले जनाएको छ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले पाँच वर्षदेखि आयोजित फोटो नेपालले भक्तपुर पर्यटन विकास समिति र गो लोकलको साथ पाएर अझ बढी ब्यापक भएको बताउँदै सबैमा फोटो अवलोकन गर्न र आफ्नो सञ्जालबाट शेयर गरी बिस्का जात्रा, भक्तपुर जिल्ला र संस्कृतिको प्रचार गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment