
२७ चैत, काठमाडौं । सात वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा काठमाडौंको गोठाटारबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोठाटारमा होटल व्यवसाय गरी बस्ने सिन्धुपाल्चोक धुस्कुनका ४६ वर्षीय लोकबहादुर कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
कार्कीले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4