Comments Add Comment

त्रिकोणात्मक सिरिज जोहरा स्पोर्ट्सलाई १५ लाखमा ठेक्का

२७ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले अगामी वैशाखमा हुने नेपाल, नेदरल्याण्ड र मलेसियाको त्रिकोणात्मक सिरिजको जिम्मेवारी निजी कम्पनीलाई दिएको पाइएको छ ।

शुक्रबार मूलपानीमा बसेको क्यानको बोर्ड बैठकमा अध्यक्ष चतुरबहादुर चन्दले आमिर अख्तरको जोहरा स्पोट्र्स म्यानेजमेन्टलाई कमर्सियल पार्टर राखेको जानकारी दिए । उनकाअनुसार जोहोरा स्पोर्ट्सले प्रतियोगिताको खर्च व्यहोर्नेछ भने प्रायोजक, टिकटलगायतबाट आउने रकम आफैं राख्नेछ ।

उनले क्रिकेट संघलाई १५ लाख रुपैयाँ दिनेछ । क्यानका बोर्डका सदस्यहरुले भने कमर्सियल पार्टरका नाममा सिंगो सिरिज नै ठेक्कामा दिइएको भन्दै असन्तुष्टि जनाएका छन् । ‘इभेन्ट म्यानजमेन्ट कम्पनी हायर गर्न सकिन्छ, तर सिंगो प्रतियोगिता नै ठेक्का दिनु गलत हो’ क्यानका एक सदस्यले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment