Comments Add Comment
पुस्तकांश :

विना सम्पादकीय कुनै पत्रिका प्रकाशन गर्न मिल्दैन !

चर्को राजनीतिक विश्लेषकको परिचय बनाएका सौरभको नयाँ पुस्तक ‘असहमति-३’ यही सातादेखि बजारमा आउँदैछ । उनले असहमति शृंखला नाम दिएर उक्त पुस्तकका विभिन्न भाग प्रकाशन भइरहेका छन् । असहमति-३ मा पनि राजनीति र सामाजिक विषयलाई नै केन्द्रमा राखिएको छ । यो पुस्तकांशमा भने उनले नेपालको पहिलो सम्पादक को हुन् र उनको पत्रकारिताको मूल्यबारे चर्चा गरेका छन् –

२०७१ को वर्ष कांग्रेस समर्थकहरूले पत्रकार संघको पहिलो अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई माने । एमाले समर्थकहरूले सत्यनारायणबहादुर सिंहलाई । यो विवाद चुलियो र सम्भवतः अझै टुंगोमा पुगेको छैन । अर्थहीन थियो विवाद ।

। एक ।

‘किन सम्पादकज्यू, सम्पादकीय नियमित रूपमा छापिँदैन ?’

‘कसैले पनि पढ्दैनन्, त्यसैले ।’

पत्र-लेखक र सम्पादकको सवाल-जवाफ हो यो, २००४ सालको गोरखापत्रमा छापिएको । यद्यपि शब्दहरूमा केही तल-माथि अवश्य होला । २०४५ सालतिर पढेको भाषा अहिले बिर्सिसकियो । जवाफ दिने सम्पादक हुन्, प्रेमराज शर्मा पौडेल । प्रश्नकर्ता पाठक हुन्, तत्कालीन दरबार स्कूलमा नौ कक्षामा पढिरहेका सुरेन्द्रराज शर्मा, जो पछि सरकारका सचिवसम्म भए ।

टिप्पणी : २०४७ सालतिर टि.जे.एस. जर्ज काठमाडौं आएका थिए, एशिया विक का संस्थापक सम्पादक । पङ्तिकारले उनलाई सोधेको थियो, ‘विना सम्पादकीय कुनै पत्रिका प्रकाशन गर्न मिल्दैन ?’

उनले भने, ‘फ्री प्रेस जर्नल निकाल्दा हामीले पनि त्यसै गरेका थियौं । तर धेरै बिकेन । सम्पादकीय नभएको पनि पत्रिका हुन्छ ? भन्ने मान्यता समाजमा विद्यमान छ । यसैले केही अंकपछि सम्पादकीय छाप्न बाध्य भयौं । पत्रिका पनि बिक्न शुरू गर्‍यो ।’

फ्री  प्रेस जर्नलको समय सन् १९७० को दशकको हो । वि.सं २००४ साल भनेको सन् १९४७ अर्थात् १९४० को दशक । ३० वर्षले अगाडि रहेछन् यो दक्षिणपूर्वी एशियायी क्षेत्रमा प्रेमराज पौडेल -पछि सन् १९८९ मा त्रिभुवन विमानस्थलमा संयोगवश सुरेन्ऽराज शर्मासँग कुराकानी हुँदा यो कुरा किन सम्झना आएन, अहिले अनौठो लाग्छ) ।

। दुई ।

‘कुकुरको भ्यासेक्टोमी गरेदेखि भुस्याहा कुकुरहरू सजिलै नियन्त्रण हुने’ कुरा उनले लेखेका छन् २०२५ सालको गोरखापत्रको सम्पादकलाई चिठी स्तम्भअन्तर्गत । २०२५ साल भनेको सन् १९६८ भयो ।

टिप्पणी : सन् १९८० को दशकको अन्त्यतिर एमिलीले दक्षिण भारतमा समाज सेवाअन्तर्गत कुकुरको भ्यासेक्टोमी अभियान चलाइन् । त्यहाँका अभिनेता नागार्जुनकी पत्नी भएकीले पनि यसको ठूलो प्रचारप्रसार भयो, ठूलो वाह्वाही भयो । नयाँ कुरा थियो, त्यो त्यहाँ । सोसाइटी पत्रिकाले मुख्य सामग्री बनाएको थियो, यस विषयलाई लिएर ।

ब्राहृमण हुन् पौडेल, जसलाई परम्पराले नै कपास खेती गर्न प्रतिबन्ध लगाएको छ । त्यसमाथि त्यो अनुदारवादी र अँध्यारो युगमा । उनी भने परम्पराका विरुद्धमा छन्, लुकेर कसैलाई त्यस्तो काम लगाउँदैनन् । आफैं खेत कुरेर परम्पराविरुद्ध विद्रोह गरिरहेका छन्

अनि त्यसको १० वर्षपछि बल्ल नेपालमा कुकुरको भ्यासेक्टोमी अभियान सञ्चालन भयो, नगरपालिकाको संयोजनमा । यस्तो शल्यक्रिया भएका कुकुरहरूलाई घाँटीमा रातो रिबन बाँध्न थालियो, संकेत चिहृनस्वरूप । यहाँ पनि झन्डै ३० वर्षले अगाडि छन्, प्रेमराज पौडेल ।

। तीन ।

‘गोरखापत्रका सम्पादक प्रेमराज शर्माले पनि भमरकोटमा बसेर कपासको खेती आरम्भ गरेका थिए ।’ -पेज ४६, पूर्व १ नम्बर, पराजुली, २०५०)

टिप्पणी : ब्राहृमण हुन् पौडेल, जसलाई परम्पराले नै कपास खेती गर्न प्रतिबन्ध लगाएको छ । त्यसमाथि त्यो अनुदारवादी र अँध्यारो युगमा । उनी भने परम्पराका विरुद्धमा छन्, लुकेर कसैलाई त्यस्तो काम लगाउँदैनन् । आफैं खेत कुरेर परम्पराविरुद्ध विद्रोह गरिरहेका छन् ।

। चार ।

‘गोरखापत्रका सम्पादक प्रेमराज पौडेलको घरमा दशैंका लागि लुगा सिउने दमाईको आवश्यकता पर्‍यो । एकजना मित्रले रामदास दमाईको चर्चा गरे… स्वयम् पौडेलले मधुपर्क -वर्ष १, अंक १, २०२५ साल) मा दमाई महात्मालाई गुरु मानेर लेख्नुभएको छ (पेज ४०६-७, मिल्केका झिल्का, प्रपन्नाचार्य) ।

टिप्पणी : त्यो २०२५ सालमै उनले एक दमाई रामदास नौबागलाई महात्मा र आफ्नो गुरु मानिसकेका छन् । सार्वजनिक रूपमै लेखेका छन् ।

। पाँच ।

‘बाघ लाग्छ राति जंगलमा भन्दै थिए । तर म हिंडें, जंगल पार गरें’ नेपालीको कुनै अंकमा उनको यस्तो भनाइ छापिएको छ, एउटा यात्रा शीर्षकमा ।

टिप्पणी : २०४७ सालतिर राइजिङ नेपालका एक कनिष्ठ पत्रकारलाई कम्पाउन्डको पर्खाल नाघेर हाम फालेकोमा गार्डले पाखुरा समात्यो । यो घटना थियो, कमलादीको । कम्पाउन्ड थियो, मोहनबहादुर शाहीको । पत्रकारको नाम वीरेन्द्र श्रेष्ठ । हाम फालेको कारण कम्पाउन्डबाहिरको भीडले भित्र एउटा चितुवा रहेको बताएकाले । शहरको बीचमा चितुवा भेटिनु पत्रकारका निम्ति ठूलै समाचार हो नै । तर गार्डले समातेको कारण छ- चित्तल रहेछ त्यो ।

चितुवाले आक्रमण गर्नलाई भोकाउनुपर्दैन । साँच्चै चितुवा भएको भए सम्भव छ श्रेष्ठको ज्यान जाने थियो । इराकमा १२ नेपाली मारिएपछि भएको दंगाताका कान्तिपुरमा आगो लगाउने सार्वजनिक प्रयास भयो, कार्यरत पत्रकारहरू भाग्ने नै भए ।

कम्पाउन्डको पर्खाल नाघेर उनीहरू भागे । भाग्ने क्रममा पर्खाल उक्लिरहेकै महिला पत्रकारलाई तलबाट तानेर आफू उक्लिएर भाग्नेहरू पनि थिए । यसरी ओरालो लाग्दो पत्रकारहरूको साहसको पृष्ठभूमिमा, श्रेष्ठभन्दा पनि ४० वर्षअघि प्रेमराज पौडेल परेदेखि बाघसँग पनि लाप्पा खेलुँला भन्ने मानसिकतामा देखिन्छन् । मूल कुरा उनको हरेक आयामको निर्भीकता हो । त्यसमा उनको सीमा नै छैन ।

गोरखापत्र नेपालको पहिलो पत्रिका सन् १९०१ मा निस्किएको र नियमित । त्यसमा पहिलो अंकको मुखपृष्ठमै एडिटरको राय शीर्षकमा सम्पादकीय छ । तर एडिटर/सम्पादक तोकिएको छैन । तैपनि त्यो समय त्यसको मुख्य कार्यकर्ता चिरञ्जीवी शर्मा पौडेल भएकाले उनैलाई पहिलो सम्पादक मान्ने एउटा मान्यता छ ।

शरदचन्द्र शर्माले भने साधुराम देवकोटा पहिलो सम्पादक हुन् भनेर लेखेका छन् । सम्भव छ, देवकोटाको नामको अघि ‘सम्पादक’ छापिएको होला ।

१९५९-५-२४ मा साधुराम देवकोटा भर्ना भई १९६०-९-२६ मा खोसिएको -पेज ६९, नेपालको पत्रपत्रिकाको इतिहास- देवकोटा) । शर्माको निर्क्योलको आधार यही हुनुपर्छ ।

। छ ।

‘गाँजरको तारिफ र झिंगाको विरोधबारे केही नलेखिएको मनुस्मृतिलाई हिन्दू संस्कृतिको ऐन नमान्ने, तागाधारी त कोई नपाइएला’ (लोप हुन आँटेको हाम्रो मूल संस्कृति- प्रेमराज पौडेल, नेपाली ३१)

टिप्पणी : ब्राहृमणहरूले असारमा पाइने रातो नेवारी मूला खान नहुने भन्ने छ (पेज १७२, पत्रम् पुष्पम्- पुष्कलप्रसाद रेग्मी) । अर्थात् गाँजर नखाने कारण घुमाएर यहाँ दिइएको छ । नभन्दै, ल्हासामा दशैंमा बज्राचार्यले राक्षसको प्रतीकका रूपमा रातो मूलालाई बलि दिन्थे (नेपाल र भोट चीनबीच सांस्कृतिक सम्बन्ध- ज्ञानमणि नेपाल) ।

नाम दर्ताले उनीअघि पनि सम्पादकहरू भए होलान् । तर जसलाई स्वभाव, व्यवहार, योगदान, सोच र निर्भीकताले नेपालको पहिलो पत्रकार भन्न मिल्छ, ती प्रेमराज पौडेल नै हुन्, अरू कोही होइन

सम्भवतः मनुस्मृति लेखिंदाको समय गाँजर एशिया आइपुगेको थिएन, युरोपबाट । यसैले मनुलाई थाहा भएन गाँजर । गाँजरको तारिफ हुने, हुन सक्ने बेला पछिसम्म पनि थिएन, जब रातो मूला नै मानिन्थ्यो पनि । नेपालीले अंग्रेजहरूले लैन दूतावासमा घोडालाई गाँजर खुवाएको देखेपछि, यो घोडाले मात्रै खाने चीज रहेछ भन्ने बुझेका थिए । तर प्रेमराज समकालीन चलनकै विरुद्धमा ठाडै उत्रन्छन् । यद्यपि उनको वाक्यमा दोहोरो न प्रयोग भएकाले अलमल्याउने खालको छ ।

पुछारमा

जनता साप्ताहिक (इन्डिया) पत्रिकाले नेपालसम्बन्धी लेख, खबरहरू छाप्ने दशरथ चन्दको अनुरोधलाई स्वीकार गर्‍यो । त्यसपछि सेवा सिंहको नाममा राणा सरकार र उनीहरूले गरेको शोषण, राजाप्रति अख्तियार गरेको नीति, नेपाली जनताको राजनीतिक, सामाजिक र आर्थिक अवस्थाका बारेमा लेखहरू प्रकाशित हुन थाले -पेज ९३, ९४), पहिलो लेख १९९५ को असारमा छापिएको थियो (पेज ९५), पछि गोप्य नाम बदलेर सुशील राखे (पेज ९५), (नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्को भूमिका- गौतम) ।

प्रेस युनियनले पनि कृष्णप्रसाद भट्टराईको नाम उच्चारण गर्न मिल्दैनथ्यो, दशरथ चन्दको नाम छाडेर । आखिर टंकप्रसाद आचार्यलाई कांग्रेसको सभापति बनाएपछि, आचार्यलाई गरिने सम्बोधन सान्दाजु, विश्वेश्वरका निम्ति प्रयोग गरेपछि र प्रजापरिषद्कै नेता गणेशमान सिंहलाई नेता मानेपछि ।

र संघको अध्यक्ष भने पनि सिंहको योगदान पत्रकारितामा केही पनि देखिन्न भने उनको नाम चौतारीले पनि उचालिरहन मिल्दैन ।
। निर्क्योल ।

नाम दर्ताले उनीअघि पनि सम्पादकहरू भए होलान् । तर जसलाई स्वभाव, व्यवहार, योगदान, सोच र निर्भीकताले नेपालको पहिलो पत्रकार भन्न मिल्छ, ती प्रेमराज पौडेल नै हुन्, अरू कोही होइन ।

(असहमति-३, बुक-हिल प्रकाशनले प्रकाशित गरेको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment