
प्रतीकात्मक तस्वीर
२९ चैत, मान्म । कालिकोटको पचालझरना गाउँपालिका–८ खोलीबजारमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् ।
शनिबार भएको आगलागीमा स्थानीय दुर्गा सार्की, वीरमान सार्की, भैरे सार्की, अति सार्की, धनराज सार्की र अमृते सार्कीको घर जलेर पूर्ण रुपमा नष्ट भएको पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले जानकारी दिए ।
आगलागीमा मानवीय क्षति भने नभएको र एउटा घरको करीब १० देखि १५ लाखसम्मको धनमालको क्षति भएको उनले बताए । ‘घरमा रहेका सबै धनमाल जलेर नष्ट भएका छन्,’ उनले भने, ‘एउटै घरको करीब १० लाखदेखि १५ लाखसम्म धनमालको क्षति भएको छ ।’
आगलागी पीडितलाई तत्कालका लागि खान र बस्नको व्यवस्था मिलाइएको पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4