+
+
Shares

कश्मीरमा ४८ घण्टायता १० जना विद्रोही मारिएको भारतीय सेनाको दावी

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २९ गते १६:२७

२९ चैत, काठमाडौं । पछिल्लो ४८ घण्टामा कश्मीरमा भएको छुट्टाछुट्टै मुठभेडमा कम्तीमा १० को मृत्यु भएको भारतीय सेनाले दावी गरेको छ ।

श्रीनगरको सेनाका प्रवक्ता एमरान मोस्वीका अनुसार दक्षिणी कश्मीरका शोपियाँ, पुलवामा र अनन्तनागमा बिद्रोही समूहसँग सेनाको भिडन्त भएको हो । मोस्वीका अनुसार शोपियाँको चौगाम क्षेत्रमा शुक्रबार पाँच जना बिद्रोही मारिएका थिए । पुलवामाको नाइबुग क्षेत्रमा दुई जना मारिएका थिए ।

प्रहरीका अनुसार शोपियाँको चौगाममा मारिएका पाँच जनाको सम्बन्ध हिज्बुल र लस्करे तैयबासँग थियो । यो भिडन्तमा चार सैनिक पनि घाइते भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

शोपियाँको हाडीपोरामा शनिबार र आइतबार बिद्रोही समूह र भारतीय सेनाबीच झडप हुँदा तीन जना मारिएका छन् । उक्त भिडन्त आइतबार दिउँसो सकिएको छ ।

जम्मु कश्मीरको प्रहरीले सामाजिक सञ्जाल ट्वीटरमार्फत अनन्तनागको सिमथान क्षेत्रमा शनिबार साँझ भिडन्त शुरु भएको बताएको थियो । अहिलेसम्म यो भिडन्तको विषयमा जानकारी नआए पनि भिडन्त भइरहेको स्थानबाट धेरै हतियार पनि बरामद गरिएको बताइएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?