+
+

आफ्नो कामको समीक्षा निर्माण व्यवसायीले पनि गर्न जरुरी : मन्त्री नेम्वाङ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २९ गते १८:५८

२९ चैत, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले गुणस्तरीय काम गरे नगरेको सम्बन्धमा निर्माण व्यवसायी आफैंले समीक्षा गर्नुपर्ने बताएका छन् ।

आइतबार नेपाल निर्माण व्यवसायी महासंघको २२ औं साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले निर्माण व्यवसायीले आफ्नो दायित्व र कर्तव्य पूरा भए नभएको आफैंले समीक्षा गर्न आवश्यक रहेको बताए ।

गुणस्तरीय काम र काममा आउने गरेको समस्या समाधानमा व्यवसायीहरुले कत्तिको समन्वयात्मक ढंगले समाधान गर्ने परिपाटी रहेको छ त्यसको सम्बन्धमा व्यवसायीहरु आफैंले आफैंलाई प्रश्न गर्नुपर्ने उनको भनाइ छ ।

‘हामीले यति गर्दागर्दै पनि हाम्रो दायित्व र कर्तव्यहरु कति निर्वाह गरेका छौं ? हामी कहाँ छौं ? आफूले आफैंलाई प्रश्न गर्न म अनुरोध गर्दछु,’ उनले भने, ‘हामी कत्तिको गुणस्तरयुक्त निर्माण काम गर्दैछौ, हामीसँग आएको व्यवधानलाई कत्तिको समन्वयात्मक ढंगले समाधान गर्ने परिपाटीमा अगाडि बढ्दैछौं ?’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?