Comments Add Comment

वीरगञ्जमा ६० जनाको परीक्षण गर्दा २८ जनामा कोरोना संक्रमण

२९ चैत, पर्सा । वीरगञ्जमा एकैदिन २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार वीरगञ्जको नारायणी अस्पतालमा ६० जनाको पीसीआर परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको  अस्पतालका कोभिड संयोजक सरोज रोशन दासले जानकारी दिए ।

संक्रमितमध्ये २३ जना पर्साका र ५ जना बाराका हुन् । उनका अनुसार २८ जनामध्‍ये १७ जना पुरुष र ११ जना महिला छन् । उनीहरुको सिटी भ्‍यालु १४.५ देखि ३५.२ देखाएको उनले बताए ।

पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर बढिरहँदा नेपाल सीमा क्षेत्रका जिल्लाहरुमा कोरोना संक्रमणको जोखिम बढ्‍दै गएको छ ।

देशभर पछिल्लो २४ घण्टामा ३ हजार १२५ जनामा गरिएको परीक्षणमा ३०३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment