Comments Add Comment

जसमा सहमति हुन्छ त्यसैले सरकारको नेतृत्व गर्छ: प्रचण्ड

फाइल तस्वीर

३० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कसको नेतृत्वमा सरकार बनाउने भन्ने कुरा सहमतिबाट हुने बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा आएका दाहालले आइतबार चितवनका पत्रकारहरुसँग कुराकानी गर्दै सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध संघर्षमा सडकमा गएका शक्ति मिलेर सरकार बनाउनुपर्ने बताए ।

संविधान, लोकतन्त्र र जनताको पक्षमा संघर्षरत दल मिलेर सरकार बनाउनु उत्तम हुने भन्दै उनले भने, ‘जसमा सहमति हुन्छ त्यसले सरकारको नेतृत्व गर्छ ।’

प्रचण्डले कम्युनिष्ट एकता सम्भव रहेको बताए । उनले आफूहरु कम्युनिष्ट आन्दोलनको एकताकै पक्षमा रहेको जानकारी दिए । उनले भने, ‘कम्युनिष्ट एक भएर लोकतन्त्र र समाजवादका निम्ति काम गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment