Comments Add Comment

रानी नाका हुँदै भारतबाट आएकी महिलामा कोरोना

३० चैत, विराटनगर । भारतबाट नेपाल प्रवेश गरेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आइतबार भारतको जोगवनी हुँदै विराटनगर प्रवेश गरेकी ४५ वर्षीय महिलाको एन्डीजेन परीक्षण गर्दा कोरोना सङ्क्रमणा देखिएको हो । ती महिला उदयपुरको त्रियुगा नगरपालिका-७ की बासिन्दा हुन् ।

भारतको जोगवनी हुँदै विराटनगर प्रवेश गरेकी उनको रानीस्थित ‘हेल्थ डेस्क’ मा खटिएका स्वास्थ्यकर्मीले एन्टिजेन परीक्षण गरेका थिए ।

महिलामा कोरोना पुष्टि भएको विषयमा प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा जानकारी गराइएको विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक रमेश कार्कीले बताए ।

भारतबाट आउने कोरोना संक्रमित महिलामा नयाँ भेरियन्टको आशंका गरिएको छ । तर यकिन भइसकेको छैन ।

पछिल्लो समय भारतमा कोरोना संक्रमण दर उच्च छ । नयाँ भेटिएका संक्रमितको ‘ट्राभल हिस्ट्री’ पनि भारतसँगै जोडिएपछि कोरोना फैलने जोखिम बढेको कार्कीले बताए ।

भारतको जोगवनीबाट विराटनगरको रानी नाका हुँदै आइतबार पाँच महिला र १४ पुरुष गरेर १९ जना नेपाल भित्रिएका थिए । तीमध्ये एक महिलामा संक्रमण पुष्टि भएको हो ।

चैत महिनामा तीन सय ४९ जना आवश्यक प्रक्रिया पूरा गरेर भारतबाट नेपाल भित्रिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment