३० चैत, काठमाडौं । स्पानिस ला लिगामा एट्लेटिको मड्रिड रियल बेटिससँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा एट्लेटिकोले बेटिससँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।
बेटिसको मैदानमा भएको खेलको पाँचौ मिनेटमै यानिक कारास्कोले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । २०औं मिनेटमा क्रिस्टियन टेलोले बेटिसका लागि बराबरी गोल फर्काए । त्यसपछि थप गोल नहुँदा खेल बराबरीमा सकियो ।
बराबरीपछि ३० खेलबाट ६७ अंक जोड्दै एट्लेटिको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट ६६ अंक रहेको रियल मड्रिड दोस्रो र ६५ अंकसहित बार्सिलोना तेस्रो स्थानमा छ । बेटिस ४७ अंकसहित छैटौं स्थानमा छ ।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
    
    
    
    
    
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4