Comments Add Comment

महँगो पारिश्रमिकमा धिरजलाई भिडियोको अफर, तर गरेनन् काम

लकडाउनपछि चलचित्रको काम सुस्त तरिकाले भैरहेको छ । केही चलचित्रको छायांकन भए पनि धेरै निर्माताले घोषणा गरेर पनि काम सुरु गर्न सकेका छैनन् । यसैले, लकडाउनपछि धेरै नेपाली चलचित्रका कलाकारको व्यस्तता म्युजिक भिडियोमा देखिएको छ । नेपाली चलचित्रमा नाम चलेका कलाकारले पनि दर्जनौं भिडियोमा काम गरे । तर, केही कलाकारले भने आफूलाई रिजर्भ राखेका छन् ।

धिरज मगर पनि आफूलाई रिजर्भ राख्ने नायकमा पर्छन् । उनले, लकडाउनपछि चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन सकेका छन् । उनी, अब चलचित्र ‘बाबरी क्याफे’को छायांकनमा जोडिने तयारीमा छन् ।

लकडाउनपछि धिरजलाई म्यूजिक भिडियोमा काम गराउन पनि केही मेकरले कोशिश गरेको बुझिएको छ । तर, धिरजले भने भिडियोमा काम गरेनन् । श्रोतका अनुसार, एक भारतीय गायकले गाएको गीतका लागि धिरजलाई ५ लाख रुपैयाँसम्म पारिश्रमिक दिन भिडियोका मेकर तयार भएका थिए । तर, धिरजले महँगो पारिश्रमिकमा पनि भिडियोमा काम गरेनन् ।

यसैले, पनि धिरजलाई लिएर चलचित्र बनाउन चाहने निर्माताको संख्या ह्वात्तै बढेको छ । उनको आधा दर्जन चलचित्र पाइपलाइनमा छ । धिरज, पछिल्लो समयका व्यस्त एवं माग भएका नायक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment