Comments Add Comment

नयाँ वर्षमा सस्तोडिलको ‘एनएनवाई २०७८’  नामक समर क्याम्पियन

३० चैत, काठमाडौं । नेपालको अग्रणी ई-वाणिज्य प्लेटफर्म सस्तोडिल डटकमले नयाँ वर्ष २०७८ को अवसरमा ‘एनएनवाई २०७८’  नामक समर क्याम्पियन सुरु गरेको छ ।

सोमबारदेखि वैशाख ३ गतेसम्म हुन क्याम्पियन अन्तर्गत ग्राहकहरूले ४ दिनका लागि आफ्नो मनपर्ने ब्रान्डहरूमा आकर्षक अफर र छुटहरूको मज्जा लिन सक्ने सस्तोडिलले जनाएको छ ।

दशैंको अवसरमा भएको बिग डिल एट सस्तोडिलको सफलतापछि एनएनवाई २०७८ सस्तोडिलको अर्को ठूलो क्याम्पियन रहेको कम्पनीले जनाएको छ ।

नयाँ वर्ष लक्षित क्याम्पियनबाट पनि उपभोक्ताहरूले उस्तै आकर्षक डिलहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । जसअनुसार ८० प्रतिशतसम्मको भारी छुट, ब्रान्डहरूमा विशेष अफर, पियोर ईभी इलेक्ट्रिक स्कुटरको मेगा बम्पर उपहार, ५ हजार रुपैयाँसम्मको डिस्काउन्ट भौचर, दैनिक फ्लास सेलe, नि: शुल्क डेलीभरी र वालेट तथा बैंक पार्टनर मार्फत भुक्तानीमा २० प्रतिशतसम्मको क्यास ब्याक छन् ।

सस्तोडिलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्याम्पियन अवधिमा थुप्रै श्रेणीहरूका सामान रहेका छन् जस्तै पुरुष र महिला फेसन, स्मार्टफोन र ट्याबलेटहरू, घरेलु उपकरणहरू, घर सजावतका सामानहरू, संगीत सहायक उपकरणहरू, इत्यादि र यी सबै श्रेणीहरूमा नयाँ र उच्चतम गुणस्तरका उत्पादनहरू समावेश गरिएका छन् ।’

उपभोक्ताहरूले सस्तोडिलको ग्लोबल सेलेक्टका ब्रान्डहरु फ्लिपकार्ट र म्यान्त्रामा पनि आफ्नो मनपर्ने उत्पादनहरूमा यस्ता उत्साहजनक अफरहरूको फाइदा लिन सक्ने सस्तोडिलले जनाएको छ ।

३० भन्दा बढी  उत्पादन श्रेणीमा ८० प्रतिशतसम्म आकर्षक छूट 

सस्तो डिलका अनुसार ‘एनएनवाई २०७८’ को सब भन्दा ठूलो आकर्षण भनेको यसको ज ड्रोपिङ ८० प्रतिशतसम्मको छुट हो । यी छूटहरू सबै श्रेणीका अग्रणी ब्रान्डहरूका उत्पादनहरूमा उपलब्ध छन्।

मेगा बम्पर उपहार

एनएनवाई २०७८ बाट ठूलो उपहार जित्ने मौका । प्योर ईभीको इप्लुटो ७जी इलेक्ट्रिक स्कुटर एक भाग्यशाली विजेतालाई पुरस्कृत गरिनेछ। चैत्र ३० देखि वैशाखको ३ गते बीच एनएनवाई २०७८ क्याम्पियन बखत सस्तोडिल डटकममा खरीद गर्ने कुनै पनि ग्राहक स्वत: लक्की ड्रमा सहभागी हुनेछन् जसबाट उँहाहरूले मेगा बम्पर उपहार पाउने मौका पाउनेछन्।

फ्ल्यास सेल

सस्तोडिलका अनुसार अभियानको क्रममा, सस्तोडिल हरेक दिन तीनवटा फ्ल्याश सेल आयोजना गर्नेछन् जसमा उत्कृष्ट उत्पादनहरू भारी छूट सहितको मूल्यमा उपलब्ध हुनेछन् । त्यसैले ग्राहकहरूले बिहान ९ देखि १२ बजे सम्म, दिउँसो १-४ बजे सम्म र बेलुकी ४ देखि ७ बजेसम्म वेबसाइट भिजिट जारी राख्न सक्दछन् ।

 विशेष ब्रान्ड सेल

सस्तोडिलले देशका केहि शीर्ष ब्रान्डहरू सँग साझेदारी गरी आफ्ना ग्राहकहरुलाई विशेष अफरहरुमा सामानहरू प्रदान गर्दैछन्। यी ब्रान्ड दिनहरूमा प्रस्ताव गरिएका मूल्यहरू धेरै उच्च छुट दरहरूमा उपलब्ध हुनेछन् र सस्तोडिल डटकममा मात्र विशेष हुनेछन् । सामसुङ, टाइमेक्स, म्यान्त्रा, भ्यान्स, मीचा, एमआई, डेल, सीजी, यसुदा, पानासोनिक, बेसस, फन्टेक, अन, बाल्ट्रा, हकिन्स र फिटबिट जस्ता ब्रान्डहरूका उत्पादनहरूबाट ग्राहकहरूले रोज्न सक्नेछन् ।

साझेदारी

सस्तोडिलका पार्टनरहरूबाट थप लाभ लिन सक्ने सस्तोडिलले जनाएको छ । सस्तोडिलले पेप्सीलाई आफ्नो पेय साझेदारका रूपमा र खानपिनलाई आफ्नो खाना साझेदारका रूपमा बनाएका छन् । भाग्यशाली ग्राहकहरूले एक हजारसम्मको फुड भौचर पनि प्राप्त गर्न सकिन्छ । जुन खानपिन डटकममा खाना अर्डर बखत प्रयोग गर्न सक्नेछन् ।

विशेष एसडी डिस्काउन्ट भौचरहरू

ग्राहकहरूले ५ हजारसम्मको छुटको लागि भौचरहरू प्राप्त गर्न सक्नेछन् । जुन सस्तोडिलको वेबसाइटमा प्रयोग गर्न सक्ने छन् । यी थप छुटको मज्जा लिन, ग्राहकहरूले चेकआउट पृष्ठमा छुट कोड हाल्नु पर्नेछन् र सो छुट रकम स्वचालित रूपमा कुल रकमबाट घटाइनेछ।

भुक्तान पार्टनरहरु मार्फत क्यास ब्याक अफरहरु

आफ्ना ग्राहकहरूलाई बढी छुट प्रदान गर्न, सस्तोडिलले मोबाइल वालेट इसेवा र नेपालका अग्रणी बैंकहरू एनआईसी एशिया, हिमालयन बैंक लिमिटेड, मेगा बैंक, र लक्ष्मी बैंकसँग सम्झौता गरिएको सस्तोडिलले जनाएको छ । उपभोक्ताहरूले यी कुनै पनि पेमेन्ट पार्ट्नरहरूको माध्यमबाट भुक्तानी गरेमा आफ्नो खरीदहरूमा थप क्याशब्याकको लाभ उठाउन सक्नेछन्।

ई-सेवा प्रयोगकर्ताहरूले १ हजार ५ सयसम्म २० प्रतिशतसम्मको छुट पाउने छन् र बैंक साझेदारहरूको रूपमा एनआईसी एसियाका ग्राहकहरूले एक हजार ५ सयसम्म २० प्रतिशतको छुट हासिल गर्ने सस्तोडिलले जनाएको छ । सस्तोडीलका अनुसार मेगा बैंकका ग्राहकहरूले एक हजारसम्म २० प्रतिशतसम्मको छुट, लक्ष्मी बैंकका ग्राहकहरूले ३ हजारसम्म ३० प्रतिशतसम्मको छुट र हिमालयन बैंकका ग्राहकहरूले २ हजारसम्म २० प्रतिशतसम्मको छुट प्राप्त गर्ने छन् ।

एनएनवाई २०७८ क्याम्पियन अन्तर्गत ठूला ब्रान्डहरू मात्र नभई एमएसएमई र एसएमई व्यवसायका विशेष उत्पादनहरू पनि समावेश गरीएका छन्, जसबाट यस नेपाली नव वर्षमा आफ्ना सबै साझेदारहरूले पनि फाइदा उठाउन सक्ने सस्तोडिलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment