Comments Add Comment

संसदको रक्षा गर्न सरकारलाई समर्थन कायमै : शक्ति बस्नेत

२७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले संसदको रक्षा र रखबारी गर्न वर्तमान सरकारलाई दिएको समर्थन कायमै राखेको प्रष्टीकरण दिएका छन् ।

‘संसदको रक्षा यसको रखबारी गर्नको लागि हाम्रो दलले सरकारलाई दिएको समर्थन कायम गरिराखेको छ’, सोमबार प्रतिनिधिसभामा बोल्दै बस्नेतले भने, ‘सबै खालका असंवैधानिक र अलोकतान्त्रिक गतिविधिहरुको हामी साक्षी बसिराखेका छौं र ल्याप्चे लगाइरहेका छौं भन्ने भ्रम तपाईंहरुमा नरहोस् ।’

सरकारलाई दिएको समर्थन कायम राखिरहने र नयाँ सरकार गठनको पहल पनि गर्ने दोहोरो चरित्र देखिएको भन्दै आलोचना भइरहेका बेला माओवादी केन्द्रका सांसद बस्‍नेतले यस्तो प्रष्टीकरण दिएका हुन् ।

सरकारलाई समर्थन कायम राख्नुको अर्थ सरकारका सबै गतिविधिको पनि समर्थन गरेको रुपमा नबुझ्न उनले आग्रह गरे । ‘यो भ्रम नपरोस्, हाम्रो दलले सरकारलाई दिएको समर्थन कायम राख्नुको अर्थ सरकारका अलोकतान्त्रिक र असंवैधानिक गतिविधिहरुलाई समर्थन गर्नको लागि होइन, सरकारलाई सहयोग गर्नका लागि पनि होइन’ सांसद बस्नेतले भने ।

आफ्नो दलको प्राथमिकता लोकतन्त्रको रक्षा, संविधानको रक्षा र संविधानका अग्रगामी मुल्यहरुको रक्षा भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment