
३० चैत, पर्सा । प्रहरीले वीरगञ्ज भन्सारबाट चोरी पैठारीको मालसामानसहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।
बीरगञ्जबाट नारायणगढ तर्फ गइरहेको ना.३ ख ७२१० नम्बरको पशुपति रोड कैरियर्सको मालवाहक ट्रक र ट्रक चालक २८ वर्षीय सुरज सिंहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीका अनुसार बयालीस लाख बराबरका कस्मेटिक, हार्डवेयर र किराना सामान फेला परेकोले ट्रक तथा चालकलाई कारवाहीको लागि सोमबारै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4