
३० चैत, काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बा ३ ख ९६५८ नम्बरको बसले बा ५९ प ६९८६ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिंदा मोटरसाइकल चालक त्रिपुरासुन्दरी गाउँपालिका–५ का ३२ वर्षीय नारायण श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि सिन्धु सदावर अस्पताल खाडीचौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही गाउँपालिका–४ का ४० वर्षीय सोमबहादुर श्रेष्ठलाई थप उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल रिफर गरिएको छ भने ७ वर्षीय अनुच श्रेष्ठको सिन्धु सदावर अस्पताल खाडीचौरमा उपचार भइरहेको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4