Comments Add Comment

सामसुङको ग्यालेक्सी एम ६२ बजारमा

३१ चैत, काठमाडौं । नेपालको विश्वासिलो एवं भरपर्दो स्मार्टफोन ब्राण्ड सामसुङले हालै नेपाली बजारमा ग्यालेक्सी एम ६२ फोन बजारमा ल्याएको छ । कम्पनीका अनुसार यो मोन्स्टर फोनमा ७ एनएम एक्सिनोज ९८२५ प्रोसेसर रहेको छ, जसले गर्दा आजको युवा तथा मिलेनियल ग्राहकहरुको आवश्यकतालाई यो फोनले सहजै पूरा गर्नेछ । यसको साथसाथै यो फोनमा बेस्ट इन क्लास सुविधाहरु पनि विद्यमान रहेका छन् । यो फोनमा बेस्ट इन सेग्मेन्ट ७००० एमएएचको ब्याट्री तथा अभूतपूर्व ६४ एमपी क्वाड क्यामेरा पनि रहेको छ ।

‘ग्राहक महानुभावलाई सुलभ मूल्यमा नवीनतम प्रविधिकासाथ उत्पादनको सेवा प्रदान गर्नु पर्दछ भन्ने कुरा प्रति हामी सदैव प्रतिबद्ध रहेका छौं । यसैको सिलसिलामा वेस्ट इन सेग्मेन्ट अन्तर्गत आफ्नो मिनेनियल्स तथा जेन्जी ग्राहकहरुको कन्टेन्ट क्न्ज्युप्सन प्रति बढ्दै गइरहेको आकर्षणलाई पूरा गर्न ग्यालेक्सी एम ६२ प्रस्तुत गरिएको छ,’ सामसङ मोबाइल नेपालका विजिनेश हेड प्रणय रत्न स्थापितले भने, ‘नयाँ ग्यालेक्सी एम ६२ फोन युवाहरुको आवश्यकता अनुरुप स्पीड तथा पफर्मेन्सको लागि विशेष रुपमा डिजाइन गरिएको छ । यसको लागि हामीले ग्यालेक्सी एम ६२ फोनमा एक्सिनोज ९८२५ प्रोसेसर को साथ ७००० एमएएच ब्याट्रीको समायोजन गरेका छौ. । ग्यालेक्सी एम ६२ फोन वास्तवमै मोन्स्टर अफ फोन हो जुन उचित मूल्यमा नयाँ प्रविधिको प्रयोग गर्ने ग्राहकहरुको चाहनालाई यस फोनले वास्तमवै परिपूर्ति गर्ने विश्वास हामीले लिएका छौं ।’

उत्कृष्ट एवं विशेष कार्यक्षमता

ग्यालेक्सी एम ६२ ७ एनएम एक्सिनोज ९८२५ प्रोसेसर को साथ उपलब्ध रहेको छ । जसले गर्दा शक्तिशाली मोबाइलको अनुभव प्रदान गर्दछ, किनकि यसमा प्रयोग भएको ओक्टा कोर सीपीयूले सानो प्याकेजमा अधिकतम हर्सपावर प्याक गर्ने सामथ्र्य राख्दछ ।

एक्सिनोज ९८२५ वास्तवमै गेम चन्जर हो र यो निश्चय नै विजुलीको भन्दा पनि चाडो कार्य सम्पादन गर्न सक्दछ यति हुँदा हुदै पनि यसले कम ब्याट्री खपत गर्दछ । एक्सिनोज ९८२५ ले उत्कृष्ट ग्राफिक्स तथा गेमिङ्गको अनुभव प्रदान गर्दछ । यसको साथै फोनमा ब्युल्ट इन गेम बुस्टर पनि रहेको छ, जसले गेम खेल्दा अझै मोबाइल फोन स्मुथ हुनुको साथै उत्कृष्ट अनुभव प्रदान गर्दछ ।

वृहत क्वाड क्यामरा

कम्पनीका अनुसार ग्यालेक्सी एम ६२ मा सोनी आईएमएक्स ६८२ सेन्सरको साथ ६४ मेगा पिक्सल क्वाड क्यामरा सेटपको साथ उपलब्ध रहेको छ, जसले गर्दा दिन तथा रात जहिले पनि अद्भुत फोटो खिच्न सकिन्छ । यसको साथै १२ मेगा पिक्सलको क्यामरामा १२३ डिग्रीको फिल्ड अफ भ्यु को साथ अल्ट्रा वाइड लेन्स राखिएको छ, यसले गर्दा मानव आँखाले जस्तो देखिन्छ, त्यस्तै फोटो खिच्न सकिने स्वतन्त्रता प्रदान गर्दछ ।

त्यस्तै ५ मेगा पिक्सलको माइक्रो लेन्सले क्लोज अप फोटो पनि स्पष्ट खिच्न सक्दछ भने यसमा भएको ५ मेगा पिक्सेलको डेफ्थ क्यामेराले लाइफ फोकसको साथ आकर्षक पोट्रेइट सट लिन सकिने कम्पनीले जनाएको छ । यसमा ४ के रेकडिङ्गको अद्भुत भिडियो क्षमता रहेको छ । यसमा नाइट हाइपर ल्याप्स, स्लो मो तथा सुपर स्टेडी मोड्स जस्ता सुविधाहरु रहेका छन् । यसमा स्लो मो सेल्फी पनि खिच्न सकिन्छ । यसमा क्यामराको उत्कृष्ट अनुभव प्रदान गर्न इन्टेली क्याम जस्तो विशेषताको साथ शक्तिशाली क्यामरा हार्डवेरलाई समायोजन गरिएको कम्पनीले जनाएको छ ।

उत्कृष्ट ७००० एमएएच ब्याट्री

कम्पनीका अनुसार ग्यालेक्सी एम ६२ मा सामसङको इन्डस्ट्री लिडिङ्ग ७००० एमएएचको ब्याट्री राखिएको छ, जुन आजका युवा तथा जेन जेडहरुको आवश्यकता अनुरुप डिजाइन गरिएको हो । युवा वर्गले धेरै समयम मोबाइलमा विताउने हुँदा अधिक टिकाउ हुने व्याट्रि यसमा राखिएको छ, साथै यस फोनसँगै टाइप सि, २५ वाटको चार्जर पनि उपलब्ध गराइएको छ, यसमा भएको चार्जरले ७००० एमएएचको ब्याट्रीलाई केवल २ घण्टामा पूर्ण रुपमा चार्ज गर्न सक्छ ।

आकार्षक डिस्प्ले

कम्पनीका अनुसार ग्यालेक्सी एम ६२ मा ६.७ इन्चको एफएचडी प्लस, सुपर एमोलेड प्लस इन्फिनिटी– ओ डिस्प्ले रहेको छ, जसले गर्दा विना रुकावट आकर्षक डिस्प्लेको अनुभव प्रदान गर्दछ । १६ एम कलर सपोर्ट गर्नुका साथै ४२० पिक ब्राइट तथा कन्स्ट्रास्ट रेसियो १००००००ः१ रहेको छ, जसले गर्दा डिस्प्ले सफा एवं उत्कृष्ट रहन पुग्दछ । यसका साथै युनिक लेजर गार्डेन डिजाइनको साथ उपलब्ध रहेको छ । यो स्मार्टफोन ९.५ एमएमको मोटाइ रहेको छ भने यसको तौल केबल २१८ ग्राम रहेको कम्पनीले जनाएको छ ।

मूल्य तथा उपलब्धता

आखाँलाई नै लोभ्याउने विभिन्न रंगहरु लेजर ग्रे, लेजर ब्लू तथा लेजर ग्रीन गरी ३ रंगखमा उपलब्ध रहेको सामसुङले जनाएको छ । कम्पनीका अनुसार विभिन्न भेरियन्टहरु मध्ये ६/१२८जीबीको रु ३९ हजार ९९९ तथा ८/१२८जीबीको रु ४२ हजार ९९ तोकिएको छ । यो फोन सामसङको ब्राण्ड सपहरुमार्फत नेपाल अधिराज्यभर उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment