+
+
Shares

राष्ट्रपतिबाट मानपदवीसहित सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १ गते १३:१८

१ वैशाख, काठमाडौं । विभिन्न क्षेत्रमा रहेर राष्ट्रलाई योगदान पुर्‍याएकाहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मानपदवीसहित सम्मान गरेकी छन् ।

शीतल निवासमा बुधबार आयोजित सुशोभन समारोहमा राष्ट्रपति भण्डारीले ४५२ जनालाई विभूषित गरेकी हुन् ।

मन्त्रिपरिषदको गत असोज १ गतेको निर्णयानुसार २०७७ साल असोज ३ गते संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएकामा घोषित विभूषणमध्ये मानपदवी प्राप्त ४५२ जनालाई वैशाख १ गते विभूषित गरिएको हो ।

मानपदवीतर्फ सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीमा एक, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणीमा तीन, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीमा सात, सुप्रबल जनसेवाश्री तृतीय श्रेणीमा ८६, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीमा आठ, प्रबल जनसेवा श्री चतुर्थ श्रेणीमा २४२, जनसेवाश्री पञ्चम् श्रेणीमा १०४ तथा अलंकारतर्फ ११४, पदकतर्फ २७ गरी जम्मा ५९३ जनालाई विभूषण प्रदान गर्ने निर्णय सरकारले गरेको थियो ।

यस्तै बुधबार वितरण गरिएकाे मानपदवीमा लिम्पियाधुरा-लिपुलेकसहितकाे नेपालकाे नयाँ नक्सा अंकित गरिएकाे छ । यसअघि वितरण गरिएकाे मानपदवीमा पुरानै नक्सा अंकित गरिएपछि त्यसकाे आलाेचना भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?