+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
Biratnagar won by 3 wickets
Won विराटनगर किंग्स 2025
163/7 (19.5)
Shares

प्यूठानमा भएको जिप दुर्घटनामा मृतक संख्या ५ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १ गते १४:४८

१ वैशाख, गुल्मी । प्युठानको स्वर्गद्वारी नजिकै भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । नयाँ वर्ष मनाउनका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारीलाई लिएर स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जीप प्युठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा जीप चालक गुल्मीको मुसिकोट नगरपालिका–३ का २२ वर्षीय केशव कार्की, जिल्ला प्रशासन कार्यालय गुल्मीका कम्प्युटर अपरेटर रेसुङ्गा नगरपालिका–७ का ३५ वर्षीय सूर्य पन्थी, मुद्दा शाखाका धुर्कोट–७ का ३६ वर्षीय ईश्वर भण्डारी, प्रशासकीय अधिकृत स्याङजाका ३८ वर्षीय श्याम न्यौपाने र २७ वर्षीय यमलाल पन्थी रहेको प्रहरीले जनाएको छ ।

जीपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी र उनीहरुको परिवारसहित १६ जना सवार थिए ।  घटनामा ११ जना घाइते छन् ।

घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा उपचार भइरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार चार जनाको अवस्था गम्भीर रहेको छ ।

जीप घुम्तीमा बसलाई ओभरटेक गर्ने क्रममा भीरबाट १५० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?