
१ वैशाख, काठमाडौँ । राजस्थानस्थित जयपुरको सरकारी अस्पतालबाट कोरोना भ्याक्सिनको ३२० डोज चोरी भएको छ ।
शहरको शास्त्रीमा रहेका कावटिया अस्पतालबाट ३२ डोज शिशि चोरी भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भ्याक्सिन चोरी भएपछि अस्पतालले शास्त्रीनगर थानामा उजुरी दर्ता गराएका छन् ।
उक्त भ्याक्सिन १२ अप्रिलमा चोरी भएको थियो। रिपोर्टमा भनिएको छ, ‘ सीएमएचओ अफिसमा भारत बायोटेकले बनाएको कोभ्याक्सिनको ३२ शीशी हराएको छ । ‘ यस्तै भ्याक्सिनेशन सेन्टरका अधिकारीले उक्त भ्याक्सिन स्टोरबाट चोरी भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4