+
+
Shares

कुश्मामा ११ करोड लागानीमा जिपलाइनसहित सिसाको स्काइ ब्रिज बन्दै  

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २ गते १५:०६

२ वैशाख, पर्वत । ११ करोड रुपैयाँको लागानीमा कुश्मामा जिपलाइनसहित सिसाको स्काइ ब्रिज निर्माण सुरु भएको छ । अग्ला र लामा झलुङ्गे पुलको क्षेत्र भनेर चिनिएको पर्वतको कुश्मा पछिल्लो समय एड्भेन्चर पारखीको आकर्षणको केन्द्र बन्दै गएपछि हार्नेस जिपलाइन प्रालिले रिसोर्टसहित जिपलाइन, ह्युमन स्लिङसट र सिसाको स्काइ ब्रिज निर्माण सुरु गरेको हो।

एकै पटकमा दुई अलग लाइनमा सुपरम्यान र क्लासिक खेल्न सकिने जिपलाइनको ८० प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीका अध्यक्ष बिदुर पौडेलले बताए ।

कम्पनीका निर्देशक राजकुमार बस्नेतका अनुसार हाइड्रोलिक पिङ, ह्युमन स्लिङसट, सिसाको स्काइ ब्रिज र स्विमिङ पुलसहितको रिसोर्ट निर्माण गरिने छ । करिब ७० जनाको आवासीय क्षमताको बन्ने रिसोर्ट आगामी दशैंसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?