+
+
Shares

फास्ट ट्र्याकबारे सेनाले निकाल्यो जर्नल

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २ गते १६:०४

२ वैशाख, काठमाडौं । नेपाली सेनाले काठमाडौं-तराई-मधेश द्रूतमार्ग सडक आयोजनाबारे केटीएफटी जर्नल प्रकाशन गरेको छ । सडक आयोजनाले प्रकाशन गरेको जर्नलको प्रधानसेनापति पूर्णचन्द्र थापाले विमोचन गरेका छन् ।

बिहीबार जंगीअड्डामा आयोजित कार्यक्रमकाबीच थापाले सार्वजनिक गरेको जर्नलमा ११ अनुसन्धानमूलक र ९ वटा जानकारीमूलक गरी २० वटा लेख संग्रहित छन् ।

भविष्यमा हुने रणनीतिक, भौतिक संरचनाहरुको निर्माण, राष्ट्रिय गौरवका आयोजना तथा सम्बद्ध विषयमा रुची राख्‍ने नागरिकलाई उपयोगी हुने विश्वासले जर्नल निकालिएको सेनाले जनाएको छ ।

विमोचन कार्यक्रममा उत्कृष्ट लेख लेख्ने लेखकलाई पनि पुरस्कृत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?