Comments Add Comment

चकलेटी नायकहरुको रोजाइमा कस्ता फिल्म ?

नेपाली चलचित्र क्षेत्रमा स्टार औलामा गन्न सकिने मात्र छन् । उनीहरुकै नाममा चलचित्र चल्छ भनेर निर्माताले करोडौं रुपैयाँको जोखिम मोलिरहेका छन् । तर, केही चलचित्रले मात्र निर्माताको रकम फिर्ता गरेका छन् । नेपाली चलचित्र क्षेत्रमा पछिल्लो केही बर्षदेखि केही नायकहरु हाबी देखिएका छन् । विशेषगरि, चकलेटी अनुहार परेका केही नायकहरुको स्टारडमको चर्चा पनि खुबै भएको पाइन्छ ।

तर, उनीहरु कस्ता चलचित्र रोजिरहेका छन् भनेर हामी यहाँ चर्चा गर्दैछौ ।

१. अनमोल केसीः अनमोल केसीको रोजाइमा कमर्सियल चलचित्र नै देखिएको छ । उनी, ‘ए मेरो हजुर ४’मा काम गरिरहेका छन् । यो चलचित्रका अघिल्ला ३ सिरिज हिट भएकाले पनि अनमोलले यो ब्रान्डमा फेरि काम गरेका हुन् । यो चलचित्र व्यापारिक रुपमा सफल हुन्छ भन्ने विश्वास अनमोलको छ । यसैले, उनले आफ्नो चकलेटी अनुहारलाई नै चलचित्रमा निरन्तरता दिइरहेको देखिन्छ । उनको मुख्य भूमिकामा निर्माण हुने भनिएका ‘पारस, माइतीघर’मा पनि उनी लभरब्वाइकै भूमिकामा देखिनेछन् । यसरीहेर्दा, अनमोलले अहिले ‘रिक्स जोन’मा जाने बिषयमा सोचेका छैनन् । उनले चलचित्र ‘धुपौरे’ साइन गरेर छाड्नुले पनि यो कुरा प्रष्ट पार्दछ ।

३. प्रदिप खड्काः लभरब्वाइकै रुपमा भएपनि नायक प्रदिप खड्काले चलचित्र ‘प्रेमगीत ३’मा गरेको मिहिनेत लोभलाग्दो छ । चलकेटी अनुहारका धनी यी नायकको अभिनयको पनि खुबै चर्चा हुन्छ । उनी, यतिबेला चलचित्र ‘प्रकाश’को छायांकनमा व्यस्त छन् । यो चलचित्रमा उनी शिक्षक बन्न चाहने एक यूवाको भूमिकामा देखिदैछन् । चलचित्रमा उनको चकलेटी अनुहार र लभर ब्वाई भूमिका देखिने छैन । यसैले, यो चलचित्रबाट प्रदिपले आफूलाई फरक रुपमा उतार्न खोजेको वुझ्न सकिन्छ । उसो त प्रदिपले ‘हुतुतु’ जस्तो मल्टिस्टारर चलचित्र पनि साइन गरेका छन् । तर, उनका लागि ‘प्रकाश’ नयाँ आयाम बन्न सक्छ ।

३. धिरज मगरः नायक धिरज मगरको चर्चा पनि खुबै हुने गर्दछ । तर, धिरजले ‘इन्टु मिन्टु लण्डनमा’मा काम गरेपछि ‘आई एम ट्वान्टी वान’मा काम गर्न २ बर्ष लगाए । यो चलचित्रमा धिरजको बेजोड डान्स हेर्न सकिनेछ । चकलेटी अनुहारका धनी धिरजको लभर ब्वाई भूमिका भन्दा पनि यसमा उनको मिहिनेत दर्शकले हेर्न पाउनेछन् । जसले, धिरजलाई एउटा परिपक्क नायकको रुपमा चित्रित गर्ने विश्वास गर्न सकिन्छ । तर, धिरजले यो चलचित्रपछि साइन गरेको ‘बाबरी क्याफे’मा भने उनी लभर ब्वाइकै भूमिकामा देखिदैछन् ।

४. पल शाहः नायक पल शाहको ‘म यस्तो गीत गाउँछु २’ रिलिजको पर्खाइमा छ । यो चलचित्रमा उनी लभर ब्वाइको भूमिकामा छन् । यसपछि, उनले साइन गरेको अर्को चलचित्र ‘सत्यम्’ मल्टिस्टारर चलचित्र हो । चलचित्रमा राजेश हमाल, अनुप विक्रम शाही जस्ता कलाकार उनको साथमा छन् । पलले हिट चलचित्रका लागि राजेश र अनुप जस्ता कलाकारको साथ खोजेको देखिन्छ । उनले साइन गरेको अर्को चलचित्र ‘हुतुतु’ पनि मल्टिस्टारर चलचित्र हो । यसरीहेर्दा, पलको पाइपलाइनमा देखिएका चलचित्रले उनको लभर ब्वाइको छविलाई परिवर्तन नगर्ने निश्चित छ ।

५. पुष्प खड्काः नायक पुष्प खड्का पछिल्लो समयका रोजाइका कलाकार हुन् । उनको ‘मनसँग मन, कृष्णलीला र तिम्रो मेरो साथ’ रिलिजको तयारीमा छ । यीमध्ये पुष्पले ‘कृष्णलीला र तिम्रो मेरो साथ’मा फरक खालको भूमिका निर्वाह गरेका छन् । ‘मनसँग मन’मा उनी चकलेटी अवतारका लभर ब्वाइकै भूमिकामा देखिदैछन् ।

पुष्प चकलेटी अनुहारका धनी मात्र होइनन्, भर्सटायल अभिनय गर्न सक्ने कलाकार पनि हुन् । उनका आगामी प्रोजेक्टमा उनले यो कुरालाई निरन्तरता दिने कोशिश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment