Comments Add Comment

संकटालाई हराउँदै पंजाव पुलिस विराट गोल्डकपको फाइनलमा

३ वैशाख, विराटनगर । आहा रारा गोल्डकपको च्याम्पियन संकटा क्लबलाई हराउँदै भारतको पंजाव पुलिस क्लव विराटनगरमा जारी छैठो संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

विराटनगरको सहिद मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा विराट गोल्डकपको पूर्व विजेता पनि रहेको संकटालाई १-० गोलले निराश बनाउँदै पंजाव फाइनलमा पुगेको हो ।

पंजावले उपाधिको लागि शनिबार विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो पटक गोल्डकपमा भाग लिएको पाहुना टोली पंजावले खेलको ७५औं मिनेटमा पराजित सिंहले निर्णायक गोल गर्दै टिमलाई फाइनलमा पुर्‍याएका हुन् । हरजीन्द्र सिंहले निकालिदिएकेा क्रस पासलाई परमजीतले पेलान्टि एरिया नजिकदेखि गरेको प्रहार गोलमा परिणत भयो ।

दुवै टिम आक्रमक देखिएपछि पहिलो हाफसम्म दुवै टिमको गोल रहित बराबारी खेले । खेलको ७औं मिनेटमा संकटाका तीर्थ बस्नेतलले बललाई एक्दै अगाडि बढाएर पेलान्टी एरिया नजिकदेखि गरेको प्रहार बाहिरदा गोल गर्ने अवसर खेर गयो ।

खेलको १०औं मिनेटमा पंजावका हरेसदेव सिंहले बल टच नगरि प्रहार गर्दा गोल पोस माथिबाट बाहिरयो । २०७० को विराट गोल्कडपको विजेता संकटाले यसपटक पनि उपाधि दाबेदारी पेस गर्ने टोलीमध्ये एक थियो । तर पंजाव उसको सपनाको बाधक बन्यो । सुरुदेखि नै दुवै टिम आक्रम देखिए पनि रक्षापंत्तिको कमजोरीमा संकटा पछि पर्‍यो ।

खेलको १५ औं मिनेटमा गणेश हमालले निकालिएको पासलाई विदेशी खेलाडी ओडेजले डिबक्स भित्रदेखि गरेको हेड पंजावका गोलरक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गरिदिए ।

१७औं मिनेटमा फेरी संकटाका तिर्थ बस्नेतले ३० यार्डदेखि गरेको प्रहार बाहिरयो । खेलको ३० औं मिनेटमा पंजावका राजविर सिंहको वान भर्सेस वानको प्रहार संकटाको गोल रक्षक राजाबावा थापाले उत्कृष्ट बचाउँदा पहिलो हाफमा गोल गर्ने अवसर खेर गयो ।

पहिलो हाफममा संकटाका खेलाडीले आधा दर्जन उत्कृष्ट प्रहार गोलमा परिणत हुन नसक्दा सेमिफाइनलदेखि बाहिरनुपर्‍यो ।

यसअघि संकटाले आरा रारा गोल्डकपमा क्यामरुनलाई सेमिफाइनलमा ४-२ गोलले हराउँदै उपाधि जितेको थियो । योसँगै संकटाले दोस्रो पटक विराट गोल्डकपको उपाधि जित्ने सपना चकनाचुर भयो ।

दोस्रोे हाफपछि संकटाले खेल बराबरीमा ल्यान आक्रामक खेल खेलेपनि सफल हुन सकेन । खेलको ६६, ७३ र ८९औं मिनेटमा पनि संकटाले गोल गर्ने अवसर पाएकोमा सदुपयोग गर्न नसक्दा सेमिफाइनलदेखि बाहिर बाध्य भयो ।

खेलको म्यान अफ द म्याच पंजावको निर्णायक गोल गर्ने परमजित सिंह घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

झगडा गरेपछि दुई खेलाडीलाई रेड काड

खेल सकिएपछि संकटा र पंजावका खेलाडीबिच झगडा भएपछि दुई जना खेलाडीले रेड कार्ड पाएका छन् ।

पंजावका कप्तान जगदीप सिंह र संकटाका सहिद स्माटले रेड कार्ड पाएका हुन् । रेफ्री श्याम दनुवारले खेल सकिएको घोषण गरेसँगै संकटा र पंजावका खेलाडी बीच झगडा भएको थियो ।

झगडा गर्ने मध्येका दुईजना खेलाडीलाई रेफ्री दनुवारले रेड कार्ड दिएका छन् । रेड कार्ड पाएसँगै पंजावका कप्तान जगदीपले फाइलनमा खेल्न नपाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment